Kathmandu Press

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९.३ प्रतिशत किशोरीले खोप लगाएका छन्।
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडौं, माघ २५ : सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन्।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९.४६ प्रतिशत किशोरीले खोप लगाएका छन् जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन्।

'खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ । लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ,' उनले भने। गौतमका अनसार कोशीमा ३८.७, मधेशमा १९.९, बागमतीमा ४१.६, गण्डकीमा ४५.२, लुम्बिनीमा ४९.७, कर्णालीमा ३७.७ र सुदूरपश्चिममा ३९.५ प्रतिशत किशोरीले खोप लगाएका छन्।

जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका किशोरीले ८९.३ प्रतिशत किशोरीले खोप लगाएका छन्।

यस्तै, बैतडीका ८२.७ र गोरखाका ७७.८ प्रतिशत किशोरीले खोप लगाएका छन्।

प्रकाशित मिति: २०:५६ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्