Kathmandu Press

पार्टी संगठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्छः मन्त्री राणा

परराष्ट्रमन्त्री डा. राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन्।
पार्टी संगठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्छः मन्त्री राणा

सुदूरपश्चिम, माघ २५ : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताएकी छन्।

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन्। 

सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा राखिन्।

Hardik ivf

उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन्।

परराष्ट्रमन्त्री डा. राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन्।

कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीले थालेको सयदिने अभियान कैलाली प्रतिनिधि योगेन्द्र चौधरीले देशका जातजाति, विभिन्न वर्ग र समुदाय, भाषाभाषीका लागि कांग्रेस साझा पार्टीका रूपमा रहेको धारणा राखिन्।

उनले कांग्रेसकै नेतृत्वमा कमैयाप्रथा र दासप्रथाको उन्मूलन भएको इतिहास स्मरण गरिन्।

उनले आगामी २०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याएर आफ्नो नीति कार्यक्रममार्फत जनताको मुहार फेर्ने अभियानमा पार्टी रहेकाले आवश्यक समन्वय र सहकार्य गर्न सम्पूर्ण पार्टी कार्याकर्तालाई आग्रह गरिन्।

पार्टीका जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको समारोहमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, रामजनम चौधरी, डा जीवन रानालगायत वक्ताले पार्टी सङ्गठनका बारेमा आ–आफ्नो धारणा राखेकी थिइन्।

अधिवेशनमा पार्टीको कार्ययोजनासहित विविध विषयमा छलफल हुने जिल्ला सचिव नृप सुनारले जानकारी दिइन्। 

प्रकाशित मिति: २०:१७ बजे, शुक्रबार, माघ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्