केपी ओली कपको तयारी खेलमा कलाकारसँग राजनीतिज्ञ टोलीको हार

काठमाडौं, माघ २५ : फाल्गुन ११ गतेदेखि काठमाडौंमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप राजनीतिज्ञ र कलाकारबीच शुक्रबार मैत्रीपूर्ण खेल भएको छ।
राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल भएको हो।
उक्त खेलमा कलाकारले राजनीतिज्ञलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । राजनैतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे रहेका थिए भने कलाकारबाट बद्री पंगेनी कप्तान रहेका थिए ।
केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, माघ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार