Kathmandu Press

वरिष्ठ अधिवक्तामाथि हातपात मुद्दा: धरौटी तिर्न नसक्दा जेल चलान भए रास्वपाका हुम्ला उपसभापति

वरिष्ठ अधिवक्तामाथि हातपात मुद्दा: धरौटी तिर्न नसक्दा जेल चलान भए रास्वपाका हुम्ला उपसभापति

काठमाडौं, माघ २५ : अदालतले मागेको एक लाख धरौटी बुझाउन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला उपसभापति महानन्द जैसी जेल चलान भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा शुक्रबार जिल्ला अदालत काठमाडौँले जैसीसहित तीनजनासँग जनही एक लाख रुपैया धरौटी माग गरेको थियो।

दुई जना आरोपी अदालतले मागेको धरौटी बुझाएर छुटे पनि जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् । ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जैसीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको हो । 

अभियुक्तमध्ये दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुर बस्ने ललितकुमार केसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई काठमाडौं शान्तिनगर बस्ने शीतल राई भन्ने सितादेवी राईले भने धरौटी बुझाएर छुटेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा पीडित जाहेरवालाको तर्फबाट बहस गरेका त्रिपाठीमाथि अदालत परिषरमै माघ २ गते कुटपिट भएको थियो । 

 

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्