Kathmandu Press

बालयौन दुरूपयोग मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद फैसला

खोटाङ जिल्ला अदालतले बालयौन दुराचारको अभियागमा मुद्दामा मदन राईलाई अदालतले २ वर्ष ६ महिना कैद सजाय ठहर गरेको छ । 
बालयौन दुरूपयोग मुद्दामा मदन राईलाई साढे दुई वर्ष कैद फैसला

काठमाडौं, माघ २५ : खोटाङ जिल्ला अदालतले बालयौन दुरूपयोग मुद्दामा मदन राईलाई अदालतले २ वर्ष ६ महिना कैद सजाय ठहर गरेको छ । 

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो।

Hardik ivf

अघिल्लो बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि शुक्रबारको पेशी तोकेको थियो । अदालतले राईलाई एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने निर्णय समेत सुनाएको छ । 

राईविरुद्ध गत बर्षको जेठ २१ गते बालयौन दुरूपयोगको अभियोगमा मुद्दा चलाइएको थियो।

राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमा अध्ययन गरेकी बालिकाले दिएको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान गरिएको हो।

अदालतबाट राई ४ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।

कृषि विज्ञका रुपमा चिनिएका राई गत वैशाख २९ गते पक्राउ परेका थिए । 

 

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, माघ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्