Kathmandu Press

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेहरूसँग ३ लाख धरौटी माग

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाडौं  जिल्ला अदालत परिसरमा आक्रमण गर्नेहरूमाथि धरौटी माग गरिएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेहरूसँग ३ लाख धरौटी माग

काठमाडौं, माघ २५ :  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाडौं  जिल्ला अदालत परिसरमा आक्रमण गर्नेहरूमाथि धरौटी माग गरिएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौं अदालतका न्यायाधीश गायत्री रेग्मीको इजलासले त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनासँग जनही १ लाख धरौटी मागेको हो।

त्रिपाठीमाथिको आक्रमणको घटनामा दोलखा घर भई ललितपुरको टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशी र झापा घर भई काठमाडौंकै नयाँ बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राईविरूद्ध मुद्दा चलाइएको थियो।

उनीहरुविरूद्ध ज्यान मार्न नहुने कसुरमा मुद्दामा धरौटी मागेको हो।

माघ २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जाहेरवाला सहकारी पीडितको पक्षबाट बहस गरेर बाहिरिँदै गर्दा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो।

त्रिपाठीले उनीहरूविरूद्ध ज्यान मार्न नहुने कसुरमा जाहेरी दिए।  

प्रकाशित मिति: १७:३७ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्