Kathmandu Press

प्रतिनिधि सभा बैठकः स्वर्गद्वारीका मोही किसान समस्यादेखि बाढीपहिरोको राहात नपाएकोसम्म विषय उठान

प्रतिनिधि सभा बैठकः स्वर्गद्वारीका मोही किसान समस्यादेखि बाढीपहिरोको राहात नपाएकोसम्म विषय उठान

काठमाडौं, माघ २५ः प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्नुपर्ने मागदेखि गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेको बताइन्। शर्माले माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरिन्। अर्का सांसद मेटमणी चौधरीले एक हप्ता बित्दा पनि गुठी पीडितका कुरा सरकारले नसुनेको भन्दै ध्यानाकर्षण गराए। सांसद चौधरीले आन्दोलनरत पीडित बिरामी पर्न थालेको पनि बताए।

Hardik ivf

सांसद अशोककुमार चौधरीलेले पनि मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको बाढीपहिरो पीडितका लागि राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा ढिलाइ भइरहेको बिषयमा सरकार गंभिर बन्नुपर्ने बताए। बिपी राजमार्ग अहिलेसम्म पनि पुनःनिर्माण हुन नसकेको विषय समेत दाहालले उठाए।

अर्का सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै कानुन बमोजिम दर्ता भएका व्यवसायीको जीउधनको सुरक्षाको समेत सरकारसँग माग गरे। सांसद छविलाल विश्वकर्मा र प्रभु साहले भारतमा चलिरहेको महाकुम्भ मेलामा भागदौडमा परि केही नेपाली नागरिकले ज्यान गुमाएका तथा हराइरहेको विषयमा सोधखोज गर्न सरकारको ध्यानाकर्षण गरे।

अर्का सांसद अम्मरबहादुर रायमाझीले माघ २४ गते कमलपोखरीस्थित सानदार मःमः हाउसमा आगलागी हुँदा ११ कामदार घाइते भएको बताउँदै उक्त घटनाको अनुसन्धान र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसग माग गरे।

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, माघ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्