Kathmandu Press

अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

काठमाडौं, माघ २५ः नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सुरु भएका क्रसरहरुलाई सदनबाट रुलिङ् गर्न आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले क्रसरहरुले फोहोर खोलामा फालेको कारण पर्यटकीय हबहरु उजाड भएको भन्दै यसको रोक लगाउन सरकारलाई आग्रह गरेका हुन्।

उनले भने, ‘रोसीबाट पानीभन्दा बढी लेदो बगेको छ। खोलामा धेरैजसो फोहोर फाल्ने क्रसरहरु हुन्। यसले गर्दा मूलकोट, नेपालथोक र खुरकोटलगायतका पर्यटकीय हबहरु अहिले उजाड भएका छन्। बस्तीवीहिन हुने अवस्था सिर्जना भएको छ । तसर्थ, अवैध क्रसर सञ्चालनमा रोक लगाउने र सुरु भएका अवैध क्रसरहरुलाई यहीबाट रुलिङ गर्न अनुरोध गर्दछु।’

यसका साथै उनले अविरल वर्षा र त्यसबाट सिर्जित बाढी पहिरो गएको ठाँउमा राहत र पुनस्थापना गर्ने विषयमा संघीय सरकारको उपस्थिती नदेखिएको पनि गुनासो गरे।

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्