Kathmandu Press

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

मुगु, माघ २५ः माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ। जसका कारण भोकमरीको त्रास थपिएको छ।

मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जौ, गहुँ, उवा, तरकारी स्याउका विरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली भएका छन् भने उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको छ।

Hardik ivf

विगतका बर्षहरुमा पुुस, माघ महिनामा धेरै हिउँपर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो। तर यस वर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित, वनजंगल समेत सुख्खा भएका छन्।

सिँचाइका लागि कुलो नहर नभएको, खेतीयोग्य जमिन सबै आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ। हिउँपानी नपर्दा बाली नफस्टाउने भएकाले भोकमरी हुनसक्ने सम्भावन रहेको छाँयानाथ रारा नगरपालिका–९ मुर्माका कृषक बीर्खबहादुर सोकायाले बताए।

मुगु जिल्लामा १७ सय ८५ केक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन लगाएको अन्नबालीमध्ये ७० प्रतिशत भन्दा बढी आकाशे हिउँ पानीको भरमा खेती गर्नुपर्ने वाध्यता छ।

विगत तीन चार वर्षयता बेलामौका पानी नपरेकाले समस्या भोग्दै आएका कृषकहरु यसबर्ष माघ महिनाको तेस्रो साता बितिसक्दा पनि हिउँ र पानी नपर्दा कृषक तनावमा छन्।

सरकारले साना सिँचाइका कार्यक्रम सञ्चालन गरेपनि त्यो अपुग भएको छ। विशेषगरी पछिल्लो समय जलवायुको प्रत्यक्ष असरका कारण हिउँ–पानी नपरेको, पानीका मुहानहरु सुक्दै गएकाले कृषकलाई समस्या भएको जिल्ला कृषि बिकास कार्यालय मुगुका कृषि प्रचार अधिकृत तथा सुचना अधिकारी अनुज कुमार मण्डलले बताए।

- दानबहादुर बुढाको रिपोर्ट

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, माघ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्