Kathmandu Press

प्रशासनिक भवन पूर्वाधार विकास मात्रै होइनः सुनिता डंगोल

प्रशासनिक भवन पूर्वाधार विकास मात्रै होइनः सुनिता डंगोल

काठमाडौं, माघ २५ः काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोलले सबै वडाको आ–आफ्नै प्रशासनिक भवन निर्माणसँगै नागरिकलाई महानगरले र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

प्रशासनिक भवन पूर्वाधार विकासका पक्ष मात्र नभई जनतासँग जोडिएको विषय भएकाले आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ।

उनले भनिन्, ‘आ–आफ्नै वडाको प्रशासनिक भवन भएमा नागरिकलाई महानगर र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुन्छ भन्नेमा विश्वास राखेका छौं। आज भवन उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको छ। यो कुनै पूर्वधारको विकासको पक्ष मात्र होईन, जनतासँग आम नागरिकसँग जोडिएको विषय हो। आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुन्छ।’

उनले २९ वटा वडामा नै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको पनि जानकारी दिईन्।

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्