Kathmandu Press

सबै आयोजनाहरु एकैपटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

सबै आयोजनाहरु एकैपटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

काठमाडौं, माघ २५ः ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तीका लागि सबै आयोजनाहरु एकैपटक बन्नुपर्ने बताएका छन्।

शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन्।

उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरु बन्नुपर्छ । एकैपटक सुरु गरिएन भने अझैं ६–७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।’

साथै उनले आयोजनाहरु छिटो बनाउनका लागि के के कुराको शब्दावली राख्नुपर्छ  त्यो समितिले जानकारी दिन समेत आग्रह गरे । उनले विकास निर्माणमा भएको  स्रोत साधनमा लगानी गर्न विदेशीहरुलाई गुहार्नुपर्ने अवस्था रहेको बताए।

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, माघ २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्