भायनेटद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण
इन्टरनेट प्रदायक कम्पनी भायनेटले सुनसरीको इटहरीस्थित देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ।काठमाडौं, माघ २४ : इन्टरनेट प्रदायक कम्पनी भायनेटले सुनसरीको इटहरीस्थित देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ।
इनरूवामा रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई बिहीबार भायनेटले कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्ग शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको हो।
उक्त कार्यक्रममार्फत विद्यालयका विद्यार्थीहरूलाई कापी, पेन्सिल, शार्पनर , इरेजर, ज्यामिती बक्स तथा न्यानो हुडी वितरण गरिएको कम्पनीले जनाएको छ।
विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे।
भायानेट कम्युनिकेसनले सिएसआर कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आइरहेको छ। संस्थाले शिक्षाको पहुँचलाई प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई सहयोग पुर्याउन प्रतिबद्धता जनाएको छ।
यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूले शिक्षा र प्रविधिको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य भायनेटले राखेको छ।












-(32)-1764944804.jpeg)