Kathmandu Press

ग्लोबल आइएमई बैंकले फोटो पत्रकारलाई क्यामेरा किन्न बिनाधितो ऋण दिने

बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो।
ग्लोबल आइएमई बैंकले फोटो पत्रकारलाई क्यामेरा किन्न बिनाधितो ऋण दिने

काठमाडौं, माघ २४ : राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामारा खरिदको लागि विना धितो ऋण पाउने भएका छन्।

बिहीवार  एक कार्यक्रमका  बैकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख सम्म रिण दिने गरी समझदारी भएको हो।

बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो।

ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र रआय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरी बैंकलाई एनएफपिजे मार्फत समन्वय र सहजीकरण गरिने छ ।

६ महिना देखि १८ महिना सम्म सरल किस्तावन्दीमा  न्यूरोड स्थित जि एण्ड डी सप्लार्यसवाट फोटोपत्रकारले क्यामरा खरिद गर्न पाउने भएको हो।

 क्यामरा खरिदको लागि बिनाधितो शून्य ब्याजदरमा बैंकले फोटोपत्रकारलाई उक्त ऋण उपलब्ध गराउने भएको हो । उक्त हस्ताक्षर कार्यक्रममा बैकको तर्फवाट रमित कर्मचार्य र एनएपपिजेको तर्फवाट महासचिव घनस्याम श्रेष्ठ रहेका थिए।

राष्ट्रिय फोटोपत्रकार समूह केन्द्रीय कार्यालयको आधिकारीक सिफारिसको साथै फोटोपत्रकारहरुको सस्थागत सिफारिसमा क्यामराको लागि ऋण लिन पाउने छन्।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, माघ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्