टेलिकमका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा
नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोप भ्रष्टाचार मुद्दा दायर भएको छ ।
काठमाडौं, माघ २४ : नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोप भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहेका बेला खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार घुस मुद्दा दर्ता गरेको हो।
खरिदमा संलग्न कम्पनीहरूबाट ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप पौडेलमाथि अख्तियारले लगाएको छ। एफ–५ नामको खरिदकर्ता कम्पनीका प्रतिनिधि दिपक आनन्दसँग मिलेर ठेक्कापट्टा गर्दा घुस लिएको आरोप पौडेलविरुद्ध छ ।
अख्तियारले यसअघि पनि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको अभियोगमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ ।
प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












