Kathmandu Press

नेप्से परिसूचकमा ११.६४ अङ्कको गिरावट

नेप्से दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको छ।
नेप्से परिसूचकमा ११.६४ अङ्कको गिरावट

काठमाडौं, माघ २४ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११.६४ अंकको गिरावट देखिएको छ। 

योसँगै नेप्से दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको छ।

Hardik ivf

आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७  दशमलव २७ को कारोबार भएको छ। 

आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन्।

फाइनान्स १.५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन्। आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

त्यस्तै, उपकार लघुवित्त वित्तिय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्