Kathmandu Press

नेप्से परिसूचकमा ११.६४ अङ्कको गिरावट

नेप्से दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको छ।
नेप्से परिसूचकमा ११.६४ अङ्कको गिरावट

काठमाडौं, माघ २४ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११.६४ अंकको गिरावट देखिएको छ। 

योसँगै नेप्से दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको छ।

आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७  दशमलव २७ को कारोबार भएको छ। 

आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन्।

फाइनान्स १.५८ प्रतिशतले बढ्दा अन्य सबै परिसूचक घटेका छन्। आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

त्यस्तै, उपकार लघुवित्त वित्तिय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, माघ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्