Kathmandu Press

लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा आदेश सुनाउने तयारी

लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा आदेश सुनाउने तयारी

चितवन, माघ २४ः साहारा सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ।

बहस सकिएसँगै चितवन जिल्ला अदालतबाट आदेश सुनाउने तयारी भएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि बुधबार र बिहीबार थुनछेक बहस भएको थियो। थुनछेक बहससँगै जवाफी बहस पनि सकिएकोले आदेशको तयारी भएको छ।  लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले कास्की, काठमाडौं र रुपन्देहीमा ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको छ भने चितवनमा भने ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ।

Hardik ivf

अभियोगपत्रको प्रतिरक्षामा सरकारी वकिल रवी न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरे। पीडित जाहेरीवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरे।

प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गरे।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्