Kathmandu Press

सामाखुशी युवा क्लबको अध्यक्षमा केसी निर्वाचित

सामाखुशी युवा क्लबको अध्यक्षमा केसी निर्वाचित

काठमाडौं, माघ २४ः सामाखुशी युवा संघ (क्लब)को अध्यक्षमा दीपेन्द्र केसी निर्वाचित भएका छन्। 

हालै सम्पन्न क्लबको १२औं अधिवेशनबाट अध्यक्षमा केसी सहित ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ। क्लबको वरिष्ठ उपाध्यक्षमा यमन ढंगोल, उपाध्यक्षमा विष्णु पाण्डे, महासचिवमा शान्तरत्न महर्जन, सचिवमा किशोर श्रेष्ठ र कोषाध्यक्षमा बालकृष्ण प्रजापति निर्वाचित भएका छन्।

यस्तै, क्लबको सदस्यहरुमा अनलि गुरुङ, अनिता महर्जन, सबिता महर्जन, श्यामकाजी महर्जन र सानु बज्राचार्य निर्वाचित भएका छन्।

क्लबले काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सामाखुशी क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, माघ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्