Kathmandu Press

जसपाको समर्थनमा अध्यादेश पारित हुने कांग्रेस प्रमुख सचेतक घिमिरेको दाबी

जसपाको समर्थनमा अध्यादेश पारित हुने कांग्रेस प्रमुख सचेतक घिमिरेको दाबी

काठमाडौं, माघ २४ः नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन्।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि उनले सञ्चारमाध्यमसँग यस्तो भनाई राखेका हुन्। राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने उनले दाबी गरे ।

उनले भने, ‘जसपा नेपालले समर्थन गर्छ। अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ।’

कांग्रेसका नेताहरूले संसदीय दलको बैठकअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट समेत गरेका थिए। घिमिरेले अध्यादेशको समर्थन गर्न सकरात्मक रहेको पनि बताए।

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, माघ २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्