Kathmandu Press

युवा अभियान्ता बानियाँलाई 'नेशनल सोसल वेलफेयर अवार्ड'

सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्तिहरु र संस्थालाई ५औँ संस्करणको राष्ट्रिय समाज सेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड – २०२४) प्रदान गरेको छ ।
युवा अभियान्ता बानियाँलाई 'नेशनल सोसल वेलफेयर अवार्ड'

काठमाडौं, माघ २४ : नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष तथा युवा अभियान्ता सरोज बानियाँ नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४ बाट सरोज बानियाँ सम्मानित भएका छन् ।

सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्तिहरु र संस्थालाई ५औँ संस्करणको राष्ट्रिय समाज सेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड – २०२४) प्रदान गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक  कार्यक्रमबिच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरिन् । 

नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष तथा युवा अभियान्ता बानियाँलाई करिब डेड दशक लामो युवाका क्षेत्रमा कार्य गरेको र ७७ वटै जिल्लाका युवाहरुलाई बिभिन्न कार्यक्रम तथा तालिम मार्फत सशक्तिकरण गर्दै युवाहरुलाई नेतृत्वदायी भुमिका ल्याउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । बानियाँ बिगत ढेड दशक देखि युवाको क्षेत्रमा कार्य गर्दै आइरहेका छन् । 

Hardik ivf

Saroj-Baniya---National-Welfare-Award--all-1738808966.jpeg
 

बानियाँको नेतृत्वमा अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदै आएको छ भने प्रदेशमा प्रदेश युवा सम्मेलन आयोजना गरी ७ वटै प्रदेशका युवाहरुलाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र स्थानीयकरण, युवा र निर्वाचन, रैथाने खाना र बालि र कृषि जैविक बिबिधता संरक्षणमा युवाको भुमिका, सूचना प्रविधि लगायतका बिषयहरुमा कार्य गर्दै आईरहेका छन् । साथै बानियाँकै नेतृत्वमा सन् २०१९ र २०२३ मा एशियाली राष्ट्रहरु सम्मेलित एशियन युवा सम्मेलन समेत आयोजना गर्न सफल भईसकेका छन् ।

सन् २०२३ मा संयुक्त राष्ट्र संघले आयोजना गरेको इकोसक युथ फोरम २०२३ मा नेपाललाई प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको मुख्यालयमा सहभागी समेत भएका थिए । पछिल्लो समय बानियाँले सन् २०२५ लाई नेपाल सरकारकै अगुवाईमा राष्ट्रिय युवा बर्ष २०२५ मनाउनु पर्छ र पचासौं हजार युवाहरुलाई बिभिन्न तालिम तथा प्रशिक्षण दिने गरी मनाउनु पर्छ भन्ने कुरालाई जोडका साथ उठाईरहेका छन् ।

“नेशनल सोसल वेलफेयर अवार्ड २०२४” अर्थात राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुने व्यक्तित्वहरुमा अमृत नारायण मानन्धर, हरिराज शर्मा अर्याल (हराश), सरला पन्थी, इसा गुरुङ, कञ्चन राई,  फुपुल्हामो लामा, प्रतिभा थापा, रविना महर्जन र राधिका खतिवडा छन् ।

यसैगरी राइना व्यञ्जनकार, सविता उप्रेती, सावित्री कुमारी अधिकारी, सुनिल यादव, जन्मदेव जैसी, अल्वटो लुजिइ रोम, सोमनाथ सापकोटा र सरोज बानियाँलाई लाई पनि अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौँका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहकारको भूमिकामा समावेशी मासिकका सम्पादक  खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पब्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डट कम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज, बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह केसी, वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहेका थिए ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रूपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिए । 

प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, माघ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्