Kathmandu Press

आफ्नै कमि कमजोरी ढाक छोप गर्छौं भने हामी कहिले सुध्रिन सक्दैनौं: मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन नसकेको किन भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन्। 
आफ्नै कमि कमजोरी ढाक छोप गर्छौं भने हामी कहिले सुध्रिन सक्दैनौं: मन्त्री गुरूङ

काठमाडौं, माघ २३ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन नसकेको किन भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन्।

Hardik ivf

उनले भने, ‘अहिले किन हाम्रो विचारमा रक्तसञ्चार भइरहेको छैन, किन हाम्रो संगठनमा गतिशिलता छैन, किन हामी कुनैपनि पाएको जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन सक्दैनौं । किन यो आजको हाम्रो प्रश्न हो । हामी आफ्नो कमि कमजोरी ढाक छोप गर्ने काम गर्छौ भने हामी कहिले सुध्रिन सक्दैनौं। गएको चुनावमा पनि कमजोरी भएको थियो, हाम्रो पार्टी पहिलो पार्टी हुनु पर्दैन।’

यसको साथै, उनले केन्द्रीय च्यासलले अभियान नल्याइकन तलको जनसंगठन कुनै चल्दै नचल्ने भएको पनि गुनासो गरेका छन्।

प्रकाशित मिति: २०:३२ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्