Kathmandu Press

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

रूकुम पश्चिम, माघ २३ : यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

जिल्ला अस्पताल सल्लेबाट उद्धार गरी २८ वर्षीया सीता बुढालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

Hardik ivf

उहाँलाई अत्यधिक रक्तस्राव भएको र जुनसुकैबेला सघन उपचार कक्षको आवश्यकता पर्नसक्ने भएकाले हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत पठाइएको जिल्ला अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केहलबिक्रम जिसीले जानकारी दिए।

उनका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो।

बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो।

उनलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्