Kathmandu Press

काभ्रेको प्रभा माविलाई कात्तिके देउराली समाज कोरियाद्धारा स्यानिटरी प्याड सहयोग

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका–६, कात्तिके देउरालीमा अवस्थित प्रभा मावि तथा प्रभा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि कात्तिके देउराली समाज दक्षिण कोरियाले स्यानिटरी प्याड सहयोग गरेको छ।
काभ्रेको प्रभा माविलाई कात्तिके देउराली समाज कोरियाद्धारा स्यानिटरी प्याड सहयोग

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका–६, कात्तिके देउरालीमा अवस्थित प्रभा मावि तथा प्रभा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि कात्तिके देउराली समाज दक्षिण कोरियाले स्यानिटरी प्याड सहयोग गरेको छ।

विद्यालय प्रांगनमा आयोजित एक समारोहमा समाजका अध्यक्ष उमेश चौलागाई र कोरियन व्यवसायी तथा समाजसेवी खोङ्ग यी जुनले प्रभा माविका प्रधानाध्यापक क्षितिज सुब्बामार्फत उक्त विद्यालय तथा क्याम्पसमा अध्यननरत छात्राहरुका लागि निःशुल्क ८ हजार १६० पिस स्यानिटरी प्याड हस्तान्तरण गरेका हुन।

Hardik ivf

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चौलागाईले दक्षिण कोरियामा कार्यरत कात्तिके देउरालीका युवाहरुले संस्थामार्फत आफ्नो गाँउमा यसअघि पनि विभिन्न सहयोग गरेको चर्चा गर्दै अहिले कोरियाली नागरिक किजुन नोनसहितको सहयोगमा स्यानिटरी प्याड हस्तान्तरण गरिएको बताए। उनले यसपटक कात्तिके देउरालीमा मात्र नभएर चौरीदेउरालीमा रहेका सबै माध्यमिक विद्यालयहरुमा स्यानिटरी प्याड हस्तान्तरण गरिने बताए।     

विद्यालय र क्याम्पसमा अध्ययनरत २ सय ४ जना छात्राहरुका लागि करिब ५ महिनासम्म पुग्ने गरी स्यानिटरी प्याड सहयोग गरेकोमा समाजलाई आभार प्रकट गर्दै प्रधानाध्यापक सुब्बाले आगामी दिनमा पनि विद्यालयले यस्ता सहयोग पाउने अपेक्षा रहेको बताए।

प्रभा एलुम्नाई एशोसिएसनले संयोजन गरेको कार्यक्रममा एशोसिएसनका अध्यक्ष गोकुल गौतम, सहायक क्याम्पस प्रमुख तुलसी चौलागाई, वडा अध्यक्ष किशोर राज गिरी, प्रतिनिधीसभाका पूर्व सांसद नविना लामा, पूर्व वडा अध्यक्ष रेशम चौलागाई लगायतको सहभागिता रहेको थियो।

समाजले यसअघि कात्तिके देउरालीमा निःशुल्क एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै विभिन्न विपदका समयमा सहायता तथा उपचारमा समस्या भोग्दै आएका विपन्न वर्गहरुलाई सहयोग रकम उपलब्ध गराउँदै आएको छ।

 

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्