Kathmandu Press

कोरियामा निको भएका व्यक्तिमा फेरि देखियो कोरोना

काठमाडौं, वैशाख १५ : संसारभर कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरु निको हुने क्रमण बढ्दै गएको छ। नेपालमै पनि ५२ जनामा १६ जना निको भइसकेका छन्।

....
कोरियामा निको भएका व्यक्तिमा फेरि देखियो कोरोना
एजेन्सी

काठमाडौं, वैशाख १५ : संसारभर कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरु निको हुने क्रमण बढ्दै गएको छ। नेपालमै पनि ५२ जनामा १६ जना निको भइसकेका छन्।

कोरोना भाइरसबाट निको हुँदैमा ढुक्क हुने अवस्था भने छैन। दक्षिण कोरियामा निको भएका व्यक्ति फेरि कोरोना देखिएको छ।

दक्षिण कोरियामा निको भएर घर फर्केका दुई सय २२ जनामा फेरि कोरोना भाइरसको संक्रमण देखिएको अल जजिराको रिपोर्टमा उल्लेख छ। किन उनीहरुमा पुनः संक्रमण देखियो भन्नेमा विज्ञहरु पनि निक्र्योल गर्नसकेका छैनन्।

दक्षिण कोरियाको नेसनल थेल्थ इन्सुरेन्स इल्सान हस्पिटलको ल्याबोरेटरी मेडिसिन विभागमा कार्यरत डा.रोय कुन होलले एकीन गर्न नसकिएको बताएका छन्। यो पुनः संक्रमण भएको हो कि पुनःसक्रिय भएको हो, हेरिरहेका छौं, उनले भने।

उनीहरुमा देखिएको कोरोना भाइरस पुनःसंक्रमण हो या पुनःसक्रिय भएको हो भन्ने विषयले संसारभरी नै ठूलो अर्थ राख्नेछ। यदि पुनःसक्रिय भएको हो भने निको भएका मान्छेमा कोरोनासँग लड्ने क्षमता नभएको देखाउँछ। यदि पुनः संक्रमण भएको हो भने निको भएको मान्छे कुनै संक्रमितको सम्पर्कमा आएर फेरि कोरोना सरेको देखाउँछ।

चीनमा कोरोना देखिएलगत्तै दक्षिण कोरियामा पनि संक्रमण देखिएको थियो। तर, दक्षिण कोरियाले छिट्टै नियन्त्रण गरेको थियो। अहिलेसम्म दक्षिण कोरियामा १० हजार सात सय ३८ जनामा कोरोना देखिएको छ। त्यसमध्ये आठ हजार सात सय ७४ जना निको भइसकेका छन्।

कोरोनाबाट दुई सय ४३ जनाको मृत्यु भएको छ। अहिले पनि ५५ जना गम्भीर रहेका छन्। अझै एक हजार सात सय ३१ जनाको उपचार भइरहेको छ।

नयाँ संक्रमण देखिने क्रम नरोकिएको भएपनि अन्य देशमा जस्तो अनियन्त्रित बनेको छैन। तथापि, निको भएका व्यक्तिमा कोरोना देखिएपछि चिन्ता बढाएको छ।

 

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्