Kathmandu Press

ओझेलमा तातोपानी गुफा

मुगु जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको तातोपानी गुफा प्रचार प्रसार र स्थानीय तहको नजरमा नपर्दा ओझेलमा परेको छ । यो क्षेत्र पर्यटनको आकर्षक केन्द्र भएपनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो।
ओझेलमा तातोपानी गुफा

मुगु, माघ २३ : मुगु जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको तातोपानी गुफा प्रचार प्रसार र स्थानीय तहको नजरमा नपर्दा ओझेलमा परेको छ । यो क्षेत्र पर्यटनको आकर्षक केन्द्र भएपनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो।

नेपालमा पर्याप्त पर्यटकीय क्षेत्र भए पनि मुगु जिल्लामा नेपालका ठूलो ताल रारा सँगै विश्वको चार धाम मध्यको एका धाम अथार्त सती देबीको अन्तिम अंग पतनभएको छाँयानाथ धाम पनि यही मुगु जिल्लामा रहेको छ ।

यस्तै धार्मिक तथा सांस्कृति इतिहास बोकेको पर्यटकीय क्षेत्र भएको एक जिल्ला मुगु भएपनि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकाहरुले चासो नदिँदा मुगु जिल्लामा रहेको धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । यही अन्तर्गत रहेको सोरुगाँउपालिका वडा नम्बर ६ जिमा तातोपानी गुफा पर्यटक प्रचार प्रसारको पर्खाइमा बसेको छ ।

Hardik ivf

मुगुको सदरमुकाम गमगढी बजार देखि दुई घन्टा गाडीमा र ५ मिनेट पैदल हिँडेर तातोपानी गुफा पुगिन्छ। यो गुफा ठूलो पहाडको मुनि सानो एक मान्छे छिर्न सक्ने प्वाल जस्तो छ तर प्वाल भित्र गएपछि २ सय भन्दा बढी मान्छेहरू हिँडडुल गर्न सकिने ठाउँ रहेको छ।

विशेष गरी पुस महिनाको पुसे पूर्णिमाको दिन स्थानीय मेला लाग्ने र केटाकेटीले देउडा खेल्ने आफन्तहरु संग भेटभाट गर्ने भलाकुसारी सँगै नाचगान गर्ने र रातभर रमाइलो गरेपछि गुफामुनि रहेको तातोपानीमा नुहाउने चलन छ ।

त्यसमा नुहाएपछि बाथ रोग, टाउको तथा पेट दुख्ने, घाउ खटीरा जस्ता रोग निको हुने भएको हुदाँ धेरै जसो मानिसहरु पुस पूर्णिमाको दिन यस तातोपानि गुफमा आउने गर्छन् ।

अन्य माघ, फाल्गुन महिनामा पनि दैनिक ३० देखी ४० जना सम्म मानिसहरु यस तातोपानिमा नुहाउन र गुफा हेर्न आउने गरेको सोरु गाँउपालिका–६ का धनकर्ण मल्लले बताएका छन ।

गुफालाई प्रचारप्रसार गर्न नसकेको र विगतका वर्षहरूमा तातोपानी गुफा व्यवस्थित र प्रचारप्रसार गर्नका लागि डिभिजन बन कार्यालय मुगुबाट ७ लाखको बजेटले तातोपानि धारा मर्मत भएपनि खासै तातोपानि र गुफाको व्यवस्थापन हुन सकेन । तातोपानी र गुफाको बारेमा स्थानीय सरकारको ध्यान नगएको स्थानीयवासीको गुनासो छ ।

तातोपानी र जिमा गुफाको फरक विशेषता रहेको छ । यो गुफामा चमेराहरु पनि रहेका छन् भने गुफाको भित्र भगवानका फोटाहरु,पशुचौपाएका मुख जस्ता विभिन्न फोटा समेत रहेका छन ।

गुफा सँगै जोडीएको तातोपानिको प्रचार प्रचार र पर्यटकहरुलाई समय बिताउने खालका पूर्वधारहरु निमार्ण गर्ने हो भने यस क्षेत्रमा धेरै अन्तरिक पर्यटकहरुको साथै स्थानीय बासीहरुले उत्पादन गरेका रैथाने अन्नबाली कागुर्ने, चिनो, मास, सिमी, रातो चामल बिक्रि हुने स्थानीय समाज सेति ताराचन्द्र चौलागाईले बताएका छन ।

गुफासहित तातोपानिको पूर्वधार क्षेत्रमा संरक्षण गर्नको लागि पालिकाबाट डिपीआर निर्माण भई सकेको छ । संघिय र प्रदेश सरकार संग बजेटको पहल भइरहेको छ।

यदी अन्य निकायबाट बजेट जम्मा गर्न नसके पालिकाको बजेट बाट गुफा र तातोपानिको संरक्षण गर्ने कार्य अगाडि बढी रहेको छ ।

 सोरुगाँउपालिका भित्र रहेका धार्मिक सास्कृतिक पर्यटकीय क्षेत्रहरुको प्रचार प्रचार गरी आन्तरिक पर्यटकहरुको वृद्धि गरी स्थानीय बासीहरुको आयआर्जनमा परिवर्तन ल्याउने खालका कार्यक्रम अगाडी बढाउने खालको योजनाहरु पालिकाबाट तय गरिएको सोरुगाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए।

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्