Kathmandu Press

बागमती प्रदेशसभाको बैठकमा चार  विधेयक प्रस्तुत

बागमती प्रदेशसभाको आजको बैठकमा  विभिन्न चार विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सौद्धान्तिक पक्षमा छलफल सुरु भएको छ ।
बागमती प्रदेशसभाको बैठकमा चार  विधेयक प्रस्तुत

मकवानपुर, माघ २३ : बागमती प्रदेशसभाको आजको बैठकमा  विभिन्न चार विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सौद्धान्तिक पक्षमा छलफल सुरु भएको छ ।

सो बैठकमा बागमती प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरेका थिए।

Hardik ivf

यसैगरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरे।

यस्तै, उद्योग, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रोदशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरे।

सोही बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरे।

प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को दोस्रो बैठकको लागि पौने घण्टाको स्थगित गरेका थिए।  

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्