Kathmandu Press

नेप्सेमा सामान्य अङ्कको गिरावट, दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।
नेप्सेमा सामान्य अङ्कको गिरावट, दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, माघ २३ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।

आज नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २७११.४५ को बिन्दुमा कायम भएको हो।

आज ३०९ कम्पनीको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर ९० हजार सात सय ५२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९५ करोड ८० लाख सात हजारको कारोबार भएको छ।

आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

नेपाल रिइन्स्योरेन्क कम्पनी लिमिटेडको आज सबैभन्दा बढी ३३ करोड ७६ लाख ३९ हजारको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको आठ लाख नौ हजार एक सय ९० कित्ता शेयर किनबेच भएको छ। आजको कारोबार पछि कूल बजार पुँजीकरण रू ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख बराबर पुगेको छ।  

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, माघ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्