Kathmandu Press

लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै चितवन न्यायाधिवक्तामाथि छानबिन

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।
लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै चितवन न्यायाधिवक्तामाथि छानबिन

काठमाडौं, माघ २३ः चितवनस्थित साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा नचलाएको विषयमा चितवन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलमाथि छानबिन सुरु भएको छ।

लुईटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो।

Hardik ivf

छानबिनका लागि महान्यायाधिवक्ता कार्यालयले समिति नै गठन गरेको छ। नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

अभियोगपत्रको विषयमा छानबिन सुरु भइसकेको छ। चितवन साहारा सहकारीको रकम ठगी गरेको अरोपमा मात्र मंगलबार लामिछानेलाई मुद्दा चलाइएको थियो।

लामिछानेले साहारा सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोड रुपैयाँसहित अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रकममा लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको अभियोग छ।
 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्