Kathmandu Press

१४ वर्षमा पनि बनेन लम्सुवाघाट पुल

६ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। पुल बने स्थानीयलाई राहत हुने उनले बताए।
१४ वर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर, माघ २३ : उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ। करिव चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो।

लम्सुवाघाटमा २०६७ सालबाट पुल निर्माण थालिएको थियो। ६ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। पुल बने स्थानीयलाई राहत हुने उनले बताए।  

यहाँ १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणको क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनु पर्ने षडानन्द ६ का स्थानीय सीताराम लम्साल बताउँछन्।  पुक्की पुल नहुँदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ।

निर्माण कम्पनीले २०६७ सालदेखि पुल निर्माण शुरु गरेको थियो। सम्झौता अनुसार पुल २०७० सालमा सक्नु पर्ने थियो। तर निर्माण कम्पनीले काममा ढिलाई गरेपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालले जानकारी दिए।

२०७८ सालमा ठेक्का रद्ध प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्धा कार्यालयको पक्षमा फैसला भएको उनको भनाइ छ। फैसलापछि पनि निर्माण कम्पनीले क्षति पूर्तीको माग गर्दै पुनः अदालतमा रिट दायर गरेको र अदालतले उक्त रिट सदर गरेकाले तीन सदस्य मध्यस्त कर्तामार्फत समस्या समाधन प्रक्रियामा रहेको उनको जानकारी दिए।

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, माघ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्