Kathmandu Press

तीन वर्षमा एक हजार ६६६ अनलाइन सूचीकृत

 पछिल्लो तीन बर्षको अवधिमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन्।
तीन वर्षमा एक हजार ६६६ अनलाइन सूचीकृत

काठमाडौं, माघ २२ : पछिल्लो तीन बर्षको अवधिमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चार माध्यम सूचीकृत भएका छन्।

नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरुलाई पत्रकार आचारसंहिताको अभिमुखिकरण दिने क्रममा काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो। काउन्सिलको तथ्याङ्कले अनलाइन माध्यममा बढोत्तरी आएको तथ्य उजागर गरेको छ।

Hardik ivf

काउन्सिलले अनलाइन सञ्चार माध्यम सञ्चालन हुनुअघि सञ्चालक र सम्पादकलाई अनिवार्य रुपमा अभिमुखिकरणमा सहभागी हुनुपर्ने व्यवस्था गर्दै आएको छ। पत्रकार आचारसंहिता उल्लङ्घनकर्ताको सूचीमा परेका पत्रकारलाई समेत काउन्सिलले अभिमुखिकरण कक्षामा सहभागी गराउँदै आएको छ।

अनलाइनका सम्पादक र सञ्चालकहरुको अभिमुखीकरणका क्रममा प्रेश काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताए। ‘प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता होइन। युट्युबसहित सामाजिक सञ्जाल प्रयोग गर्ने सबै सञ्चार माध्यम जिम्मेवार हुनैपर्छ,’ अध्यक्ष बस्नेतले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारकर्मी स्वंयको हात महत्वपूर्ण हुन्छ। अपूर्ण, मिथ्या, कमजोर र असन्तुलित सूचना सम्प्रेषणले प्रेस जगतलाई नै कमजोर बनाउँछ।’ 

अध्यक्ष बस्नेले काउन्सिल यसतर्फ सचेत भई जिम्मेवारपूर्ण ढङ्गले काम गर्दै सन्दर्भ उल्लेख गर्दै अभिमुखिकरण कक्षा यसैको एउटा श्रृङ्खला रहेको समेत बताए। अभिमुखीकरण कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गरेका थिए। निमित्त प्रधानसम्पादक अग्रज पत्रकार भट्टराईले पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले नै विश्वसनीयता बढाउने बताए। साथै, उनले पत्रकार तथा सञ्चार माध्यमले गर्न नहुने विभिन्न कामको बारेमा प्रकाश पारेका थिए।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरुमा केन्द्रित  अन्तरसंवाद गरेका थिए। काउन्सिलका शाखा अधिकृत सुवास राईले जनाए अनुसारे२०७८ चैतदेखि नियमित रुपमा सञ्चालन अभिमुखिकरण कक्षा सञ्चालन हुँदै आएको छ।

 

प्रकाशित मिति: १८:०३ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्