लकडाउन फेरि लम्ब्याउन मुख्यमन्त्रीसँग छलफल गर्दै मोदी
काठमाडौं, वैशाख १५ : काेराेना भाइरसकाे संक्रमणलाई ध्यानमा राखेर नेपालमा वैशाख २५ गतेसम्म लकडाउन थपिएको छ। वैशाख २१ गतेसम्म लकडाउन रहेको भारतमा पनि फेर....

काठमाडौं, वैशाख १५ : काेराेना भाइरसकाे संक्रमणलाई ध्यानमा राखेर नेपालमा वैशाख २५ गतेसम्म लकडाउन थपिएको छ। वैशाख २१ गतेसम्म लकडाउन रहेको भारतमा पनि फेरि थप्ने तयारी भइरहेको छ।
सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ हजार आठ सय ७१ पुगेको छ। जुन हिजोभन्दा झण्डै दुई हजार बढी हो। आइतबार बिहानसम्म २६ हजार चार सय ९६ जना संक्रमित थिए।
त्यस्तै, मृत्यु हुनेको संख्या पनि बढेको छ। अहिलेसम्म कोरोनाबाट भारतमा आठ सय ८१ जनाको मृत्यु भएको छ। गत २४ घन्टामा एक सय दुई जनाको मृत्यु भएको छ।
यस्तो अवस्थामा भारतमा तेस्रो चरणको लकडाउनको तयारी सुरु भएको छ। लकडाउन सकिँन पाँच दिन अघि नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरुसँग छलफल गर्न लागेका छन्।
अहिले भारतमा १९ राज्य कोरोनाको चपेटमा छन्। जसमध्ये मुख्य राज्यमध्ये महराष्ट्रमा आठ हजार ६८, गुजरातमा तीन हजार तीन सय एक, दिल्लीमा दुई हजार नौ सय १८, मध्य प्रदेशमा दुई हजार ९६, राजस्थानमा दुई हजार एक सय ८५ र उत्तर प्रदेशमा एक हजार आठ सय ६८ जनामा कोरोना देखिएको छ।
कोरोना चपेटमा परेका मुख्य राज्यहरु दिल्ली, महाराष्ट्र, मध्य प्रदेश, बंगाल, पञ्जाब र उडिसाले लकडाउन थप्न आग्रह गरिसकेका छन्। त्यस्तै, महराष्ट्रले त मुम्बई र पुणेमा जुनसम्म लकडाउन लम्ब्याएको छ।

-1792762148.jpeg)





-1792762148.jpeg)



