Kathmandu Press

लुम्बिनीमा मात्र तीन लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरको खोप

अभियानका क्रममा लुम्बिनी प्रदेशका २ लाख ९० हजार एक सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ।
लुम्बिनीमा मात्र तीन लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरको खोप

बुटबल, माघ २२ : लुम्बिनी प्रदेशमा मात्र तीन लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ।

खोप अभियानकाक्रममा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मंगलबार एक कार्यक्रम बीच स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरे। लुम्बिनीमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरी खोप अभियान थालिएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाउने कार्यक्रम छ।

Hardik ivf

विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुलाई पनि खोप लगाइने छ। अभियानका क्रममा लुम्बिनी प्रदेशका २ लाख ९० हजार एक सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ।

स्वास्थ्य मन्त्रालयबाट आवश्यक पर्ने खोप सबै सम्बन्धित खोप केन्द्रहरुमा पठाइसकेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै किशोरी रुपन्देही जिल्लामा छन् । रुपन्देहीमा ६१ हजार दुई सय ३१ किशोरीलाई खोप लगाउने लक्ष्य लिइएको छ।

दाङमा ४२ हजार ६७ जनालाई र कपिलवस्तुमा ३९ हजार पाँच सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ। यस्तै, पाल्पामा १२ हजार ५ सय ६६, रुकुम पूर्वमा तीन हजार पाँच सय ९१, अर्घाखाँचीमा ९ हजार तीन सय ३४, नवलपरासी पश्चिममा १८ हजार ७ सय ९३,गुल्मीमा १३ हजार ४६, रोल्पामा १५ हजार ४ सय ७८, बर्दियामा २४ हजार ६५ जना, बाँकेमा ३४ हजार ९३ र प्युठाननमा १६ हजार तीन सय ३५ किशोरीले खोप लगाउने लक्ष्य राखिएको छ।

 

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्