Kathmandu Press

व्यक्तिगत विवरण टिपाएर भित्रिए विराटनगरबाट आएका यात्रु

काठमाडौं, वैशाख १५ : विराटनगरबाट आएका यात्रुको व्यक्तिगत विवरण टिपेपछि प्रहरीले काठमाडौं भित्रिन दिएको छ।

विराटनगर महानगरपालिकाले सात वटा बस....

व्यक्तिगत विवरण टिपाएर भित्रिए विराटनगरबाट आएका यात्रु
फाइल फोटो

काठमाडौं, वैशाख १५ : विराटनगरबाट आएका यात्रुको व्यक्तिगत विवरण टिपेपछि प्रहरीले काठमाडौं भित्रिन दिएको छ।

विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जना यात्रुलाई पठाएको थियो। महानगरले नै गाडी रिजर्भ गरेको थियो।

उनीहरु सोमबार बिहान ८ बजे थानकोट पुगेका थिए। थानकोट प्रहरीले उनीहरुलाई गाडीबाट ओरालेर रोकेको थियो।

बिहान ८ बजेभन्दा अगाडि आएका गाडी भने उपत्यका भित्रिएका थिए। विराटनगरमा रहेका काठमाडौंलगायत विभिन्न स्थानका यात्रुलाई महानगरले गाडीको व्यवस्था गरेको पठाएको थियो।

उनीहरुलाई भने माथिको आदेश चाहिने भन्दै रोकेको थियो। यात्रु र प्रहरीबीच झण्डै दुई घन्टा विवाद भएको थियो।

अहिले आएर प्रहरीले सबैको व्यक्तिगत विवरण टिपेको छ। व्यक्तिगत विवरण टिपेपछि उनीहरुलाई काठमाडौं भित्रिन दिएको छ।

प्रहरीले आउन दिएपछि सबै यात्रु आआफूले चढेर आएकै बसमा गन्तव्यतर्फ लागेका छन्।

 

 

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, वैशाख १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्