Kathmandu Press

गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना

प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उनले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको उल्लेख गरेका छन् । 
गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना

गण्डकी, माघ २२ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताएका छन् । 

प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उनले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको उल्लेख गरेका छन् । 

Hardik ivf

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताए । गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्प पूरा गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । सङ्घीयताको मर्मअनुसार समावेशी, दिगो र समान विकासलाई अघि बढाउँदै नागरिकलाई चुस्त सेवा प्रवाह, सुशासनको अनुभूति दिलाउन सामूहिक प्रयास जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताए । 

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति, कार्यक्रम सञ्चालन गरिरहेको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
 
प्रकाशित मिति: ०८:३२ बजे, मंगलबार, माघ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्