Kathmandu Press

पछाडि परेका जातजातिका क्षेत्रमा काम गर्न आयोगलाई सभामुखको सुझाव

पछाडि परेका जातजातिका क्षेत्रमा काम गर्न आयोगलाई सभामुखको सुझाव

काठमाडौं, माघ २१ः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जातजातिबीच हुने  भिन्नताहरुका विषयहरु आदिवासी जनजाति आयोगले सोही अनुरुप काम गर्न सुझाव दिएका छन्।

सोमबार आदिवासी जनजाति आयोगको चौथौ वार्षिकोत्सव समारोहमा बोल्दै उनले जातजातिका विषयमा पछाडि परेका कुराहरुलाई नीति निर्माण गरी अगाडि लैजान आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘मलाई लाग्छ हिजो जातिको महत्व नबुझ्दाखेरी आफ्नो जातिको  पहिचानलाई ल्याउन नसेकेको र नचाहेको अवस्था थियो। अहिले त्यसको महत्व बढेको छ। अहिले प्रतिस्पर्धा बढेको छ। कुन जाति कहाँ बसेको छ त्यसमा ध्यान गएको देखिदैन। तर जातजतिका विशेषताहरुलाई अगाडि लाने काम आदिवासी जनजाति आयोगको पनि हो। पछाडि परेकाहरुलाई अगाडि ल्याउनका लागि नीति, निर्माण गर्ने, सोही आधारमा सरकारलाई कार्यक्रम बनाउनका लागि सुझाव दिने, बनेका कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि सबैले अगाडि बढ्न जरुरी छ।’

साथै सबै क्षेत्रहरुमा सबै जातिहरुलाई समान अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए। उनले सबै जातजातिका संस्कृतिहरुले समाज समृद्ध बनाउनमा मद्दत पुर्याउने उल्लेख गर्दै हरेक क्षेत्रमा नेपाललाई अगाडि बढाउनमा आदिवासी जनजाति आयोगको समेत विशेष भूमिका रहनेमा जोड दिए।

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, माघ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्