Kathmandu Press

पुम्दीकोटमा कैशालधाम निर्माणका लागि महायज्ञको तयारी

पुम्दीकोटमा कैशालधाम निर्माणका लागि महायज्ञको तयारी

पोखरा, माघ २१ः पोखराको पुम्दीकोटमा कैशालधाम निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ।

पुम्दिकोट कोट विकास समितिको आयोजनामा आउँदो फागुन ७ गते देखि १५ गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले बताए।

हालै पोखरामा आयोजित महायज्ञ प्रचार प्रसार समितिको पहिलो बैठकमा बोल्दै अध्यक्ष बरालले पछिल्लो समयमा चर्चामा रहेको पुम्दीकोट क्षेत्रको अधुरा भौतिक पूर्वाधारसहित एक रात पर्यटकहरुको बसाई अवधि लम्बाउने उद्देश्यले पूर्वाधार निर्माण हुने गरी हुन लागेकोे महायज्ञलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए।

अझैपनि कैलाशधाम निर्माण गर्ने अभियान निरन्तर जारी रहेको उल्लेख गर्दै उनले पर्यटनको राजधानी पोखरा आउने पर्यटकको बसाइ कम्तिमा पनि १ दिन लम्ब्याउने उद्देश्य अनुरुप साँझको समयमा विशाल महादेवको मूर्तिलाई पर्दा बनाई लेजर लाइटमार्फत् शिवलीला प्रदर्शन गर्ने, कैलास पर्वतदेखि सुमेरु पर्वतसम्म पहुँचको लागि सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा इको साउण्ड नियन्त्रण गर्ने जस्ता कार्य गर्ने रणनीतिक लक्ष्य राखी श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा–२०८१ को आयोजना गर्न लागिएको अध्यक्ष बरालले जनाए।

प्रचार प्रसार गर्दा सामाजिक संजाललाई अधिकरुपमा प्रयोग गरी कास्कीसहित गण्डकी प्रदेशका जिल्लासम्म उक्त महायज्ञमा सहयोग गर्ने दाताको खोजी गर्ने तथा महायज्ञमा सहभागिताको लागि निमन्त्रणा गर्न सबै एक भई लाग्ने बैठकमा निर्णय भएको सहसंयोजक मात्रिका बरालले बताए।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, माघ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्