Kathmandu Press

खैरो हिरोईन सहित एक जना पक्राउ

खैरो हिरोईन सहित एक जना पक्राउ

रौतहट, माघ २१ः रौतहटको चन्द्रपुरबाट लागुऔषध खैरो हिरोईनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलिले चन्द्रपुर–४ बाट ३१ वर्षिय सागर श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट १.५ ग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जानकारी दिएको छ।

Hardik ivf

जिल्ला प्रहरी कार्यलय रौतहटले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। पक्राउ परेका श्रेष्ठलाई लागु औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

रौतहट प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार चन्द्रनिगाहपुर प्रहरीले गोप्य सूचनाका आधारमा श्रेष्ठलाई पक्राउ गरेको हो ।

यस अघि चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्ड बहादुर थापालाइ पनि प्रहरीले एक ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १४:२१ बजे, सोमबार, माघ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्