Kathmandu Press

झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा घाइते भएका हरिप्रसाद सिटौलाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे।
झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा, माघ २१ : पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको थियो।

अस्पताल पु¥याएलगत्तै चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको जनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्