Kathmandu Press

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको खाली टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र ३ ०१–०२२ च ६७७८ को कार र ग १८ प ७७५२ को स्कुटरलाई ठक्कर दिएको तनहुँ प्रहरीले जनाएको छ।
टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

तनहुँ, माघ २१ : पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको खाली टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र ३ ०१–०२२ च ६७७८ को कार र ग १८ प ७७५२ को स्कुटरलाई ठक्कर दिएको तनहुँ प्रहरीले जनाएको छ।

Hardik ivf

उक्च ठक्करबाट पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्री गम्भीर घाइते भई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, उक्त स्कुटर चालक २१ वर्षीय दिपेश कुमार क्षेत्री सामान्य घाइते भएका छन्। मृतक र स्कुटर चालकका आमा छोरा भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

उक्त दुघर्टनामा परेका कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दाहिने हातमा सामान्य चोट लागेको र उनलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न टिपर चालक धादिङ निलकण्ठ–२ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:१३ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्