Kathmandu Press

देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गर्छौं: खानेपानी मन्त्री

मधेसमा मुहान सुक्दै गएकाले पानीको समस्या हुनसक्नेमा उनले चिन्ता व्यक्त गरे।
देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गर्छौं: खानेपानी मन्त्री

वीरगञ्ज, माघ २० : खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिने बताएका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित ‘साउथ जोन स्कुल’को १६औँ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान गर्ने तयारी भइरहेको बताए।

Hardik ivf

यसबारे शिक्षामन्त्रालयसँग समन्वय गरिनुका साथै शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरिएको उनको भनाइ थियो।

सो अवसरमा ‘साउथ जोन स्कुल’का प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयबारे मन्त्री यादवलाई जानकारी गराएका थिए।

यसैबीच मन्त्री यादवले आजै बाराको निजगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ वार्षिक साधारणसभामा सुनकोशी र हेटौँडास्थित राप्तिखोलाको पानी ल्याएर मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने मन्त्रालयको योजना रहेको बताए।

मधेसमा मुहान सुक्दै गएकाले पानीको समस्या हुनसक्नेमा उनले चिन्ता व्यक्त गरे।

सप्तरीदेखि पर्सासम्म सुनकोशी डाइभर्सनमार्फत पानीको व्यवस्था गर्न उर्जा मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री यादवको भनाइ थियो ।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, माघ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्