Kathmandu Press

ट्रेड युनियन कांग्रेसका नेता रिजालको निधन

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसका नेता तेजप्रसाद रिजालको निधन भएको छ।
ट्रेड युनियन कांग्रेसका नेता रिजालको निधन

काठमाडौं, माघ २० : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसका नेता तेजप्रसाद रिजालको निधन भएको छ।

ट्रेड युनियनमा आबद्ध नेपाल इम्बोइडरी ह्याण्डिक्राफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घका अध्यक्षसमेत रहनुभएका रिजालको गएराति हृदयघातका कारण निधन भएको ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले जानकारी दिए।

रिजालको निधनप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज शोक विज्ञप्ति जारी गरी रिजालको निधनले नेपालको श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताए।

ट्रेड युनियन कांग्रेसले रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

युनियनको आज बसेको आकस्मिक बैठकले ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय आज एक दिन बन्द गर्ने, तीन दिनसम्म आधा झण्डा झुकाउने साथै तीन दिनसम्म युनियनका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको महासचिव राईले बताए।

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्