Kathmandu Press

पाटेबाघ मृत फेला

पाटेबाघ मृत फेला

कञ्चनपुर, माघ २० : बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ।

सडेगलेको अवस्थामा बाघ फेला परेको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मृत भेटिएको भाले बाघ करिब १३ वर्ष उमेरको रहेको छ ।

'अनुसन्धान गर्दा बाघ बुढो भएकाले प्राकृतिक कारणले मरेको पाइएको छ,' उनले भने।

खरमा आगो लाग्दा बाघको शरिरको आधा भाग जलेको उनले बताए।

झाडीमा बाघ मृत देखेपछि वन हेरालुले मध्यवर्ती समितिलाई जानकारी गराएको थियो।

समितिले निकुञ्जलाई त्यसबारे खबर गरेको सूचना अधिकारी वाग्लेले बताए। 

प्रकाशित मिति: १९:२६ बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्