Kathmandu Press

शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

 आज शेयर बजारमा हरियाली छाएको छ।
शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

काठमाडौं, माघ २० : आज शेयर बजारमा हरियाली छाएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७.५८ अङ्कमा पुगेको छ।

Hardik ivf

विभिन्न ३३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार ९१३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६  रुपैयाँ ९९ पैसाको कारोबार भएको छ।

आजको कारोबारपछि बजारपुँजीकरण ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार चार सय ३१ पुगेको छ।

आजको कारोबारमा सबै उपसमूह बढेका छन्। सबैभन्दा बढी माइक्रोफाइनान्स चार दशमलव ९२ प्रतिशत, निर्जीवन बिमा कम्पनीको ३.७१ प्रतिशत र विकास बैंक उपसमूह ३.१५ प्रतिशतले बढेको छ।

साथै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

साथै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक  सर्किट लागेको छ।

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, माघ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्