Kathmandu Press

स्वर्गद्वारी गुठी पीडित मोही किसानले गरे काठमाडौंमा विरोध प्रदर्शन

स्वर्गद्वारी गुठी पीडित मोही किसानले गरे काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, माघ २०ः स्वर्गद्वारी गुठी पीडित मोही किसानले विभिन्न तीन बुँदे माग राख्दै काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।

आइतबारदेखि काठमाडौंको माइतीघरमा दाङ देउखुरीबाट आएका स्वर्गद्वारी गुठी पीडितहरुले २०४५ सालदेखि जिल्ला केन्द्रित आन्दोलन गर्दा पनि न्यायपूर्ण मागको सुनुवाई नभएको भन्दै काठमाडौंमै आएर आन्दोलनमा उत्रिएका हुन्।

मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत् बुझाउने व्यवस्था गरिदिन उनीहरुको माग रहेको छ।

स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनसंख्या बसोबास छ। कुल १ हजार ५० विघा जमिन गुठी अन्तर्गत रहेको छ।

किसानले खेतीपाती गर्दै बसोबाससमेत गर्दै आएको जग्गाको स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा रहेको छ भने पीडितहरुसँग भएको मोहीयानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो।

प्रकाशित मिति: १६:४९ बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्