Kathmandu Press

संसदमा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक दर्ता

संसदमा हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक दर्ता

काठमाडौं, माघ २०ः संसदमा आइतबार हवाई सेवा र नागरिक उड्ययन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रिप्रसाद पाण्डेले दुईवटै विधेयक संसद् सचिवालयमा दर्ता गरेका हुन्। नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ दर्ता भएको हो।

मन्त्री पाण्डेले विधेयकको उद्देश्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियामक र सेवा प्रदायकसम्बन्धी दुवै प्रकारका कार्यहरू सम्पादन हुँदै आइरहेकोमा त्यसलाई फरक बनाउनका लागि विधेयक ल्याउनुपरेको औचित्य खुलाएका छन्।

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्