अन्तर्राष्ट्रिय सीमा वैशाख ३१ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, वैशाख १४ : सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट वैशाख ३१ गतेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको छ।
आइतबार साँझ बसेको मन....

काठमाडौं, वैशाख १४ : सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट वैशाख ३१ गतेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्टि «य सीमा नाकामा वैशाख ३१ गते मध्यरातिसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। यसअघि सरकारले वैशाख १५ सम्मका लागि आवागमन रोक्ने निर्णय गरेको थियो।
‘बाह्य जगतबाट कोरोना सङ्क्रमण जोखिम नरहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म गर्ने निर्णय भएको हो,’ मन्त्री डा खतिवडाले भने।
कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक हप्ता बन्दाबन्दी थप्न सरकारलाई सुझाव दिएको थियो।
यस्तै, वैठकले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ। ‘दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ,’उनले भने।

-1792762148.jpeg)





-1792762148.jpeg)



