राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न
महोत्तरीको बर्दिबास र नवलपरासी जिल्लाको हात्तिखोरस्थित राष्ट्रिय सेवा दल (एनसिसी) तालिम शिक्षालयमा शुक्रबार समापन भएको हो । राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय र नवलपरासी जिल्लाको हात्तिखोर स्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिमको समापन भएको हो ।काठमाडौं, माघ १८ : राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न भएको छ ।
महोत्तरीको बर्दिबास र नवलपरासी जिल्लाको हात्तिखोरस्थित राष्ट्रिय सेवा दल (एनसिसी) तालिम शिक्षालयमा शुक्रबार समापन भएको हो । राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय र नवलपरासी जिल्लाको हात्तिखोर स्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिमको समापन भएको हो ।
बर्दिबासस्थित मध्य पूर्वी तालिम शिक्षालयमा आयोजित समापन समारोहमा रक्षा मन्त्री मानवीर राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए । समारोहमा उनले सफलतापूर्वक तालिम पूरा गरेका क्याडेट छात्रछात्रालाई बधाई दिँदै भने, ‘राष्ट्रिय सेवा दल तालिम युवाहरूलाई अनुशासित, नेतृत्ववान, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक बनाउने उद्देश्यले सञ्चालन भइरहेको छ।’
उनले नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जोगाउने कार्यमा राष्ट्रिय सेवा दल तालिमले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे। त्यस्तै, राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोह प्रधानसेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा समापन भएको थियो ।
समापन समारोहमा प्रधान सेनापतिले विभिन्न भौगोलिक तथा सामाजिक पृष्ठभूमिका युवाहरूमा राष्ट्रियता, राष्ट्र प्रेम र राष्ट्रिय एकताको भावना मार्फत कर्तव्यनिष्ठ, देशभक्त र मातृभूमिप्रति समर्पित युवापुस्ता निर्माण गरी एउटै छानामुनि राख्न राष्ट्रिय सेवा दल तालिम फलदायी रहँदै आएको उल्लेख गरे ।
प्रधान सेनापतिले दीक्षित क्याडेट छात्रछात्राहरू निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली र देशभक्त नागरिकको रूपमा समग्र युवापिडिको मार्गनिर्देशकको रूपमा रही भावी पथप्रदर्शक र वर्तमान युवाको प्रतिविम्बको रूपमा रहन सफल हुनेमा शुभकामना समेत व्यक्त गरे ।
दीक्षान्त कवाज समारोहमा राष्ट्रिय सेवा दलका सल्लाहाकार निगम हुमागाईं, पूर्व कार्यकारी महानिर्देशकहरु, रथीबृन्द तथा अधिकृतहरू, स्थानीय निकायका प्रमुख, प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
दुई वटा तालिम शिक्षालयमा आयोजित दीक्षान्त कवाज समारोहबाट आज कुल १०८० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । यो सँगै यस वर्ष ७,७०४ जना क्याडेट छात्रछात्राहरूले राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तथा जुनियर डिभिजन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
राष्ट्रिय सेवा दललाई थप उचाईमा पुर्याउन निवर्तमान कार्यकारी महानिर्देशक एवं उपरथी सुरेश कुमार कार्कीले आफ्नो कार्यकालमा सेवा दललाई उचाईमा पुर्याउनुका साथै विभिन्न गाउँ तहसम्मका विद्यालयमा देशैभर तालिम सञ्चालनमा गराउन सफल भएका थिए ।
वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी जम्मा ८२,१८४ जनाले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरेका छन्।












