Kathmandu Press

नारायणी अस्पतालको भवन अभाव, कर्मचारीहरू आन्दोलित

नारायणी अस्पताल बिरगंजको भवन अभावले उपचारमा समस्या भएको भन्दै सम्पूर्ण  कर्मचारीहरु आन्दोलित भएका छन । 
नारायणी अस्पतालको भवन अभाव, कर्मचारीहरू आन्दोलित

रौतहट, माघ १८ : नारायणी अस्पताल बिरगंजको भवन अभावले उपचारमा समस्या भएको भन्दै सम्पूर्ण  कर्मचारीहरु आन्दोलित भएका छन । 

अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुले सडकमा उत्रिएर शुक्रबार बिहान केही बेर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका हुन्।

Hardik ivf

नारायणी अस्पतालको भवन अबिलम्ब बनाउनु पार्ने माग सहित आन्दोलित भएको अस्पतालकी  प्रसुति अधिकृत श्रृती साहले बताएकी छिन्। बिरामीको चाप बढी भएकाले सेवा दिन असजिलो भएको उनले बताइन्।

सरकारले पाँच वर्षअघि मन्त्रिपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै ३५० शैय्याको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो।

तर उक्त भवन निर्माणको प्रकृया सुरु नहुदैं शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।

अदालतले उक्त मुद्धाको छिनोफानो नलगाएका कारण बाध्य भएर आन्दोलित भएको अस्पतालका  चिकित्सकहरुको भनाइ छ ।

सर्वोच्च अदालतमा यो मुद्धाको पेशी यहि माघ २८ गते भएको र  त्यसदिन पनि  मुद्धाको छिनफानो नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने नारायणी अस्पताल विकास समितिले जनाएको छ ।

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्