Kathmandu Press

सबै नेताको सम्पत्ति छानबिन गरौंः लिङ्देन

सबै नेताको सम्पत्ति छानबिन गरौंः लिङ्देन

काठमाडौं, माघ १८ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै नेताको छानबिन गर्न संसदमा माग गरेका छन्।

उनले मुलुकको वर्तमान अवस्था निरासाजनक रहेको बताउँदै काँंग्रेस–एमाले मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्ने बताए। संसदमा संवोधनकाक्रममा लिङदेनले राप्रपाले सरकारको विरोध मात्रै नगर्ने बताउदै सुधारको अपेक्षा पनि गरेको भनाई समेत राखे। उनले संसदमा बोल्नेक्रममा रास्वपाका सभापति रवि लामिछानेको मात्रै नभइ प्रधानमन्त्रीसहित सबैको सम्पत्ति छानविन गर्न माग गरे।

‘सरकारले उहाँ (रवि) माथि सम्पत्ति शुद्धिकरणको मुद्धा चलायो। छानबिन हुनु हुन्न भन्ने कुरा होइन। तर अरुको पनि गर्नुपर्ने कि नगर्ने? प्रधानमन्त्री र प्रधानमन्त्री वरपरको मान्छेको गर्नुपर्ने कि नपर्ने? गरौं न । मेरो पनि गरौं,’ लिङदेनले भने, ‘अहिले प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्छ सत्ताको कुन प्रकारको दुरुपयोग हो भन्नेकुरा नमूना पनि हो। छानबिन भन्दापनि सोध्नुपर्यो।’

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्