Kathmandu Press

युवा संघका नेताले दिए जसपाको दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी 

काठमाडौं, वैशाख १४ : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी परेको छ। <....

युवा संघका नेताले दिए जसपाको दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी 
फाइल

काठमाडौं, वैशाख १४ : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी परेको छ। 

सात्तासीन दल नेकपा निकट युवा संघका नेता कार्यकर्ताहरुले आइतबार आयोगमा उजुरी दिएका हुन्। युवा संघका नेता अमित लामाले राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जसपाको दल दर्ता रोक्न उजुरी दिएका हुन्। 

उजुरी दिने लामा तत्कालीन एमाले भातृ संगठन युवा संघका केन्द्रीय कोषाध्यक्ष थिए। जसपाले दल दर्ता गर्न दिएको निवदेनमा नेपाल बहुराष्ट्रिय राज्य कायम गर्ने भनेको तर, सो कुरा मुलुकको संविधान तथा राष्ट्रिय अखण्डताको विपरीत रहेको लाामाले दर्ता गराएको उजुरीमा उल्लेख छ।

 संविधानको मर्म र भावना विपरीत छुट्दै देशको अर्थ झल्किने गरी दल दर्ताको प्रस्ताव गरिएकाले दल दर्ता प्रक्रिया रोक्न निवेदनमा माग गरिएको छ ।

प्रकाशित मिति: १७:५० बजे, आइतबार, वैशाख १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्