Kathmandu Press

माधव नेपालप्रति योगेश भट्टराईको कटाक्षः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश ठिक नभएको भन्दा अचम्म लागको छ

माधव नेपालप्रति योगेश भट्टराईको कटाक्षः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश ठिक नभएको भन्दा अचम्म लागको छ
फाइल तस्बिर

काठमाडौं, माघ १८ः नेकपा एमालेका सांसद योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीलाई कटाक्ष गर्दै अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिँदा अचम्म लागिरहेको बताएका छन्।

प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा सांसद् भट्टराईले यस्तो भनाई राखेका हुन्। उनले भने, ‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन पार्टी अध्यादेशबाटै जन्मिएको हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ। अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ। यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेका थिए। ०७८ सालमा १६ वटा अध्यादेश जारी हुँदा त्यतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली नभएको पनि उनले बताए।

भट्टराईले भने, ‘०७८ सालमा प्रधानमन्त्रीमा केपी शर्मा ओली हुनुहुन्थेन। नेकपा एमाले सरकारमा थिएन। अध्यादेशको त बाढी नै चलेको थियो।’

प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्